गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

news-details

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन । आज ११ बजे पोखरा सभागृह (हालको संसद भवन) मा उनले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशमा अहिले ५९ सांसद छन् । उनलाइ विश्वासको मत लिन ३० सांसद आवश्यक हुन्छ । मुख्यमन्त्रीको समर्थनमा अहिले ३१ सांसद रहेका छन् ।

शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार आजै लिन लागेका हुन ।

बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि आजै विश्वासको मत लिन लागेको मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेट पेस गरेको छ । गण्डकीमा ११ मन्त्रालय छ । अहिले पाँचजना मन्त्री मात्रै नियुक्त भएका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया