जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज
- जेष्ठ ३१, २०७८
- 0
सर्वोच्च अदालतले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गर्ने फैसला गरेको छ ।
थापाको पुनर्वहालीविरुद्ध गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारी, प्रदेश सभा सचिवालय र जनमोर्चाले पुनरावलोकन निवेदन दर्ता गरेका थिए ।
थापाले पार्टी ह्वीप अस्वीकार गर्दै विपक्षी गठबन्धनका मुख्यमन्त्री उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई मत दिनुभएको थिएन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







