काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो, के खोल्न/गर्न पाइन्छ-के पाइदैन ? (आदेशसहित)
- जेष्ठ ३०, २०७८
- 0
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ ।
निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी संचालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खोल्दै आएकोमा विहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।
यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल विहान ११ सम्म मात्र खोल्न दिइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











