गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार मन्त्रीले लिए सपथ
- जेष्ठ २९, २०७८
- 0
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेलसहित नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै नेपालीले शनिबार नै मन्त्रिपरिषद् विस्तार गरेका हुन ।
सरकारमा कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको शपथ लिएका हुन । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







