समसामयिक विषयमा छलफल गर्दै सर्वदलिय बैठक सम्पन्न
- जेष्ठ २८, २०७८
- 0
सभामुख अग्निप्रसाद सापकोटा र संघिय संसदमा प्रतिनिधित्व गर्ने शीर्ष राजनीतिक दलहरुका प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु बीचको छलफल सम्पन्न भएको छ ।
दिउँसो २ बजे बानेश्वरको संघिय संसदको भवनमा भएको उक्त छलफलमा सभामुख सापकोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का दिपक बोहोरा लगायतका शीर्ष राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्नुभएको हो ।
छलफलमा प्रतिनिधिसभा विघटन र देशमा उत्पन्न राजनीतिक तथा संवैधानिक संकटमा विषयमा छलफल भएको छलफलमा सहभागी प्रतिनिधि दिपक बोहोराले जानकारी दिनुभयो । बोहोराले संघिय संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतबाट केही फैसला नआएसम्म आफूले भने कुनै धारणा नराखेको बताउनुभयो ।










