पदमुक्त गरिएका गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङले दिए राजीनामा, विपक्षी गठबन्धनलाई साथ दिने
- जेष्ठ २८, २०७८
- 0
आफै पदमुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई पदमुक्त गरेका छन । मुख्यमन्त्री गुरूङले मनाङेलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको प्रेस संयोजक बिक्रम न्योपानेले जानकारी दिनुभयो ।
मुख्यमन्त्री गुरुङले बिहीबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित थिए । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएपछि पदमुक्त गरिएको न्यौपानेले बताए ।
पदमुक्त भएको पत्र सार्वजनिक भएसँगै मन्त्री राजीव गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।
उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताएका छन् ।
राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् । जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनुपस्थित भएको उल्लेख गरेका छन् ।
पदमुक्त गरेको पत्र
मन्त्री गुरुङले सार्वजनिक गरेको राजिनामापत्र












