कर्णालीका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश
- जेष्ठ २७, २०७८
- 0
सर्वोच्च अदालतले ‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायायधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बिहीबार माओवादी केन्द्रका उम्मेदवारलाई ह्वीपविपरीत मत दिएका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो । एमालेले ह्वीप उल्लंघन गरेको भन्दै पदमुक्त गरेको थियो ।
सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।
फ्लोर क्रस गर्नेमध्ये अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही प्रदेश सरकारको मन्त्री हुनुहुन्छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







