गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त
- जेष्ठ २७, २०७८
- 0
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका छन । योसँगै अब गण्डकी प्रदेश सरकार ढलेको छ ।
आज प्रदेशसभामा मुख्यमन्त्री गुरूङले राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुदा पक्षमा २७ र विपक्षमा ३० मत आएको हो ।
प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।
कुल ६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये मतदानमा ५८ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा ५७ जनाले मतदान गरेका थिए ।
मतदानमा राष्ट्रिय जनमोर्चाका १ सदस्य कृष्ण थापा तटस्थ बसेका थिए भने खेलकूद मन्त्री रहेका राजिव गुरूङ उपस्थित भएनन् ।
संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै धारा १६८ (५) अनुसार गण्डकी प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







