गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने, बहुमत पुर्‍याउन कठिन

news-details

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।

मुख्यमन्त्री गुरुङले वैशाख २९ गते प्रदेशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले दोस्रोपटक मुख्यमन्त्री पदको सपथ लिनुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत लिन थप ४ मत आवश्यक पर्नेछ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ , राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ जना सांसद छन् । तीमध्ये जनमोर्चाका सांसद कृष्ण थापा विपक्षी गठबन्धनभन्दा अलग हुनुहुन्छ ।

स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०ले विपक्षी गठबन्धनलाई साथ दिने तयारी गर्नुभएको छ । यदि गुरुङले साथ दिए विपक्षी गठबन्धनको बहुमत पुग्नेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया