कर्णाली पछि प्रदेश २ सरकारमा कांग्रेसको ‘इन्ट्रि’, तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

news-details

कर्णालीपछि प्रदेश २ मा पनि कांग्रेस सरकारमा प्रवेश गरेको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

कांग्रेसका सांसदहरु रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयसहित सरकारमा जानुभएको छ ।

नवनियुक्त मन्त्रीलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया