संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि निरन्तर सुनुवाइ हुने

news-details

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आजको संवैधानिक इजलासले निवेदककर्ताको बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ ।

इजलासले असार ९ गतेदेखि निरन्तर सुनुवाइ जारी राख्ने जनाएको छ ।

यसअघि आजदेखि शुरु भएको सुनुवाइमा निवेदक शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार बन्न सक्ने नसक्ने जाँच गर्न प्रतिनिधिसभामा नगएर आफँै निर्णय गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई नभएको जिकिर गर्नुभएको थियो ।

उहाँले संविधानमा जे व्यवस्था राखिएको हुन्छ त्यो प्रयोगका लागि राखिएको दावीसमेत गर्नुभयो ।

एक सय ४६ जना सांसदहरु लाइन लागेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेरै रिट निवेदन दिएको अवस्थाले पनि विश्वासको मत रहे नरहेको प्रष्ट हुने उहाँको तर्क थियो ।

यस्तै अर्का वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रायोजित रुपमा सरकार बनाउन नचाहेर संसद विघटन गरेको बताउनुभयो ।

यादवले यो संविधानबाट चार वटा सरकार बन्न सक्ने बताउँदै केपी ओली बाहेकलाई प्रधानमन्त्री बन्नै नदिने दुराशय देखिएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया