सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त

news-details

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत प्राप्त गरेका छन । विश्वासको मत लिन आज बोलाइएको प्रदेशसभा अधिवेशनमा उनले ३० मत पाए भने विपक्षमा नौ मत परेको छ ।

मुख्यमन्त्री भट्टको पक्षमा उनकै दल नेकपा माओबादी केन्द्रका १३ र एमालेको १७ परेको हो । नेपाली कांग्रेसका १२ जना तठस्थ रहेका थिए ।

मुख्यमन्त्री भट्टलाई एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका एमालेका ७ र राजपाका दुई जनाले मत दिएनन् । हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका सभामुख सहित २५ जना प्रदेश सभा सदस्य छन ।

तीन वर्ष तीन महिना अघि २०७४ मा एमाले र माओवादीका ३९ जना प्रदेश सभाका सदस्य समर्थनमा भट्ट मुख्यमन्त्री बनेका थिए ।

सत्ता साझेदार नेकपा (एमाले)को स्थायी समितिले समर्थन फिर्ता लिएको र प्रदेशको संसदीय दलले समर्थन कायम रहेको निर्णय गरेको अवस्थामा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन ।

हाल ५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३, नेपाली कांग्रेसका १२, राजपाका दुई प्रदेश सभा सदस्य रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा एमाले प्रवेश गरेका कारण कार्वाहीमा परेर माओवादीका एक प्रदेश सभा सदस्य रिक्त भएपछि सो संख्या ५२ भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया