स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक
- जेष्ठ २४, २०७८
- 0
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्री भएको तेस्रो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
मन्त्री भएपछि पहिलोपटक भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । आम निर्वाचनबाट केपी ओली नेतृत्वको सरकार बनेलगत्तै उहाँ कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुभएको थियो । कानून मन्त्री भएलगत्तै पनि उहाँले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो ।
पहिलोपटक न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून निर्माण गर्ने तयारी गरे पनि पूरा हुन पाएको थिएन ।
मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताउनुभयो । ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उहाँको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







