भक्तपुरबाट बेपत्ता भएकी सुनमाया काभ्रेमा मृत फेला
- जेष्ठ २४, २०७८
- 0
गत बुधबारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफु काभ्रेको नालाको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेकी छन् । घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन् ।
घरमा कुनै समस्या र झगडा नभएको भए पनि केही महिनादेखि डिप्रेशनको औषधि खाइरहेकी उनी हराएको केही बेरपछि परिवारले खोजी गरेका थिए । परिवारले चार दिनसम्म भक्तपुर र काभ्रेको विभिन्न ठाउँ र आफन्तकोमा खोज्दा पनि भेटिएको थिएन ।
उनको शव आज पोष्ट मार्टम गरी परिवारलाई बुझाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







