अध्यक्ष ओलीको प्रस्तावमाथि छलफल गर्न खनाल–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक
- जेष्ठ २४, २०७८
- 0
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्तसहित पार्टी एकताको आह्वान गरेपछि आधिकारीक धारणा तय गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको आज बैठक बस्ने भएको छ ।
अध्यक्ष ओलीले २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो ।
बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी सो समूहको छ । ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ । अध्यक्ष ओलीको एकताको आह्वानप्रति पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







