उपत्यकामा ११३१ सहित देशभर थपिए ३४७९ संक्रमित, एकैदिन ६६३६ निको हुदा ९९ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ११३१ सहित देशभर थप ६६३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार ४७१ जनामा पीसीआर परीक्षण गर्दा ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ७३०, ललितपुरका २५४ र भक्तपुरका १४६ जना गरी ११३१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६६३६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ९१ हजार ९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७८९८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया