सिरहामा मेडिकल सञ्चालकमाथि गोली प्रहार
- जेष्ठ २३, २०७८
- 0
सिरहाको मिर्चैयामा शनिवार बेलुका औषधी व्यवसायीमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३-४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका हुन् ।
साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ। पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको बताए। अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







