नेपाली सेनालाई अष्ट्रेलियाले प्रदान ग¥यो कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री

news-details

नेपाली सेनाका लागि अष्ट्रेलियाले कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री पठाएको छ ।

उक्त सामान आज शनिबार नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलीसिटी जेन भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तानतरण गरेका छन् । नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री अष्ट्रेलियाले पठाएको नेपाली सेनाले बताएको छ ।

हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार तथा धन्यवाद प्रकट गरे । कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याइएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया