खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
- जेष्ठ २२, २०७८
- 0
नेकपा (एमाले) बाट निष्कासित नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ।
बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो।
भर्चुअल माध्यमबाट मध्यान्ह १२ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा नयाँ पार्टी दर्ता गरेर अघि बढ्नेदेखि एकताको प्रयास गर्दै सर्वोच्च अदालतको निर्णय कुर्नेबारे छलफल भएको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







