तीन उपप्रधानमन्त्री चयन गर्दै मन्त्रिपरिषद् हेरफेर, १२ मन्त्री थपिदा १३ मन्त्री हटाइए

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन । पुर्नगठित मन्त्रीपरिषदका नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ नै शपथ लिएका छन ।

प्रम ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने क्रममा तीन उपप्रधानमन्त्री कायम गर्दै १२ मन्त्री थपेका छन भने वर्तमान मन्त्रीपरिषदका १३ मन्त्री हटाएका छन । नवगठित १७ सदस्यीय मन्त्रिपरिषदमा पुराना ४ मन्त्री मात्र दोहोरिएका छन । सात मन्त्रालय भने प्रम ओलीले आफुसँगै राखेका छन् ।

पुर्नगठित मन्त्रीपरिषदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ सोही जिम्मेवारीसहित दोहोरिएका छन ।

जसपाबाट सरकारको नेतृत्व गरेका राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाइदा अर्थमन्त्री पौडेलसहित परराष्ट्र मन्त्रालयकोसमेत जिम्मेवारी दिएर रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाइएको छ । यस्तै शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको छ ।

जसपाबाट महतो उपप्रधानमन्त्रीसहित सहरी विकास, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रेनुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।

को को बाहिरिए ?

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।

यस्तै स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया