प्रदेश १ को बजेट अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस
- जेष्ठ २०, २०७८
- 0
आज बिहान बसेको प्रदेश नम्बर १ को मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन जेठ २४ मा बोलाउने निर्णय गरेको छ ।
आजको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बजेट अधिवेशन बोलाउने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन ।
प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चाबीच अधिवेशन बोलाउन सिफारिस भएको हो । अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो।
यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए ।
तर बुधबारको मन्त्रिपरिषद बैठकले प्रि-बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो। यसको विपक्षी दलहरुले विरोध गरेका थिए।
प्रदेशका विपक्षी दलहरुले बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाब दिएका थिए।
असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ।










