सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि डब्ल्यूएचओको अनुमति
- जेष्ठ १९, २०७८
- 0
विश्व स्वास्थ्य संगठनले कोभिड- १९ विरुद्ध चीनले निर्माण गरेको खोप सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।
चीनले विश्व स्वास्थ्य संगठनबाट कोरोना विरुद्ध निर्माण गरेको दोस्रो खोपले मान्यता पाएको हो । यस अघि डब्लूएचओले सिनोफार्मलाई प्रयोग अनुमति दिएको थियो ।
चिनियाँ दोस्रो खोपले अनुमति पाएसँगै कोभ्याक्स कार्यक्रममा सहभागी हुने बाटो खुल्ला भएको छ । यसबाट खोपको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।
डब्लुएचओबाट मान्यता पाउनु अघि नै कयौं देशहरुले १८ वर्ष माथिका नागरिकहरुलाई यो खोप लगाइसकेका छन् । पहिलो डोज लगाएको दुईदेखि ४ हप्ताको अन्तरमा दोस्रो खोप लगाउनु पर्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउनुको अर्थ अन्तर्राष्ट्रिय सुरक्षा, प्रभावकारिता र उत्पादन सम्बन्धी मापदण्ड पूरा गरेको मानिनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







