एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

news-details

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक सुचना जारी गर्दै ७ दिनभित्र देशभरका सरकारी, नीजि, सहकारी तथा सामूदायिक सबै स्वास्थ्य संस्थाहरुलाई संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शिर्षकसमेत उल्लेख गरेर सार्वजनिक गर्न र सोको जानकारी इजाजतपत्र दिने तथा नविकरण गर्ने संस्थामा पठाउन निर्देशन दिएको हो ।

कोभिड–१९ महामारीको अवस्थामा कतिपय स्वास्थ्य संस्थाले विरामीको उपचारवापत चर्को शुल्क असुल गरेको, अक्सिजनको अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गरि व्ययभार बढाएको, उपचारका लागि आवश्यक सामाग्री विरामी आफैलाई बन्दोबस्त गर्न लगाएको र आवश्यक्ता भन्दा बढी औषधी तथा स्वास्थ्य सामाग्री खरिद गर्न लगाइएको गुनासो आएपछि मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउदै उक्त निर्देशन दिएको जानकारी गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया