चीनबाट ८ लाख डोज खोप आज काठमाडौँ आइपुग्ने

news-details

चीनले अनुदानमा दिएको खोप आज काठमाडौँ आइपुग्ने भएको छ । खोप लिएर आज (मंगलबार) नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आइपुग्ने जनाइएको छ ।

खोप ल्याउन नेपाल वायु सेवाको वाइडबडी विमान सोमबार राति ११ बजे बेइजिङका लागि उडेको थियो । त्यहाँबाट खोप लोड गरे उक्त विमान आज दिउँसो साढे २ बजे काठमाडौँ फर्किने निगम स्रोतले जनाएको छ ।

तर एकैपटकमा सबै खोप भने ल्याउन नसकिने बताइएको छ । अनुदानमा नेपाललाइ दिने भनिएको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मात्र मंगलबार काठमाडौं आइपुग्ने भएको हो । बाँकी २ लाख डोज अर्को लटमा ल्याइनेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाइ १० लाख खोप दिने घोषणा गरेका थिए । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रसमेत पठाएपछि उक्त खोप सुनिश्चित भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया