लुम्बिनीबाट राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय निर्वाचित

news-details

लुम्बिनी प्रदेशको एक रिक्त पदका लागि सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन ।

नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित भएका हुन । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३५९४ मत पाए ।

पाण्डेयलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो ।

लुम्बिनी प्रदेश सभामा एमालेबाट निर्वाचित भएका पाण्डेय गत वैशाख १९ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि राष्ट्रिय सभामा एक पद रिक्त भएको थियो । एमालेले खड्कालाई नै पुन उम्मेदवारकारुपमा उठाएको हो ।

उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया