उपत्यकामा १०९३ सहित देशभर थपिए ४३६९ संक्रमित, एकैदिन ६२०५ निको हुदा १०९ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १०९३ सहित देशभर थप ४३६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ६८२ जना पुगेको छ ।

१० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ८०४, ललितपुरका १७६ र भक्तपुरका ११३ जना गरी १०९३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६२०५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ४० हजार ९५५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७२७२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया