उपत्यकामा ११७१ सहित देशभर थपिए ४४८७ संक्रमित, एकैदिन ६०८० निको हुदा ११६ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ११७१ सहित देशभर थप ४४८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ ।

१४ हजार ६ नमुनाको पीसीआर टेष्ट गर्दा ४३११ र ७४६ एन्टिजेन टेष्ट गर्दा १७६ जना गरी ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ८६७, ललितपुरका १९९ र भक्तपुरका १०५ जना गरी ११७१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६०८० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ३४ हजार ७५० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७१६३ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया