चीनले दिने खोप लिन निगमको वाइडबडी सोमबार बेइजिङ जाने

news-details

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनले उपलब्ध गराउने खोप लिन जाने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डरी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको कुराकानीपछि चीनले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो ।

सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेवा निगमको ए ३३० बाइडबडी जहाज पठाउने तयारीमा छौँ ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया