कोरोना संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेश केसीको निधन

news-details

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोनाभाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो ।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन् । हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया