काठमाडौंको तिलगंगामामा ३० शैयाको आइसोलेशन सेन्टर संचालनमा

news-details

काठमाडौं महानगरपालिका वडा नंं ९ मा ३० शैयाको आइसोलेशन सेन्टर संचालनमा आएको छ ।

कोभिड १९ को दोस्रो लहरको प्रभाव बढेसंगै काठमाडौं महानगरपालिकाको प्राविधिक सहयोग र कामनपा वडा नं ९ मा रहेको माट्रिका आई सेन्टरको ब्यवस्थापनमा कामनपा वडा नं ९ स्थित शारदा माध्यमिक विद्यालयमा ३० शैयाको आइसोलेशन सेन्टर संचालनमा आएको हो ।

स्थानीय क्लब तथा संस्थाहरु विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामंगल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन, नव न्यानो फाउण्डेशनको स्वंयसेवाबाट संचालनमा आएको आइसोलेसन सेन्टरमा सबै वर्गका तथा होम आइसोलेशनमा बसी उपचार गर्न निर्देशन पाएका व्यक्तिहरुले सेवा लिन सक्ने जनाइएको छ ।

हाल ३० शैयाबाट शुरु भए पनि चाप बढेसँगै यसको क्षमता विस्तार गरी ९० शैयासम्म बढाउने तयारी रहेको माट्रिका आई सेन्टरका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

२४ सै घण्टा डाक्टर र नर्स सेवासहित निःशुल्क औषधी तथा खाना व्यवस्थापन, दैनिक योग अभ्यास र घरमै आइसोलेशनमा रहेका बिरामीहरुका लागिसमेत टेलिफोनबाट परामर्श सेवा उपलब्ध गराउने व्यवस्था रहेको नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक तथा कृति फाउन्डेसनका अध्यक्ष गुणराज प्याकुरेलले बताउनुभयो ।

अक्सिजन, भेन्टिलेटर र आईसियु सेवा आवश्यक पर्ने बिरामी बाहेकका अन्य कोरोना पोजिटिभ देखिएका बिरामीहरुलाई यस सेन्टरबाट निःशल्क रुपमा सेवा उपलब्ध गराउने र परिवारका अन्य सदस्यहरुसँग निरन्तर सम्पर्क रहन सक्ने व्यवस्था मिलाइएको सो आइसोलेशन सेन्टरका संयोजक सन्तोष नेपालले जानकारी दिनुभयो ।

यस सेन्टरमा सेवा लिनका लागि बिरामी तथा आफन्तहरुले ९८५१०२९०५९ सन्तोष नेपाल, ९८५१०६१२१४ दिनेश विक्रम शाह, ९८४९९५०९०९९ देवेन्द« आचार्य , ९८५१०९६३८७ शिव मगराती, ९८५१२०४०४८ गुणराज प्याकुरेलसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया