परिक्षणको दायर बढाउँदै काठमाडौं महानगरपालिका
- जेष्ठ ११, २०७८
- 0
कोरोना महामारीकाबीच काठमाडौं महानगरपालिकाले कोरोना परिक्षणको दायरा बढाउने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरपालिकाले यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परिक्षण गर्ने तयारी गरेको हो ।
परिक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने महानगरपालिकाले जनाएको छ । परिक्षणका लागि कामपाका ठूला १५ वडामा प्रति वडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक र एक केन्द्र राखिने छ ।
समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परिक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लग्ने महानगरको भनाइ छ ।
परिक्षणका लागि वडामा कन्ट्याक्ट ट्रेसिङ समूहलाई सक्रिय बनाइनेछ । कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्ति रही काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







