सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

news-details

नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को प्रमुखमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवस्तरको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए ।

कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ । यसलाई आपत्काल घोषणा गरेर सेना परिचालन गर्न सक्ने अधिकार दिइएको छ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया