उपत्यकामा २८२१ सहित देशभर थपिए ७९१४ संक्रमित, एकैदिन १९३ को मृत्यु हुदा ७६६४ निको

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २८२१ सहित देशभर थप ७९१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख १३ हजार २४१ जना पुगेको छ ।

१८ हजार ९६५ पीसीआर परीक्षणमा ७५९८ र ९३१ एन्टिजेन परीक्षणमा ३१६ जना गरी ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १७६१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना गरी २८२१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७६६४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ९१ हजार ३४८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ६३४६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया