खनाल-नेपालसहित एघार जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
- जेष्ठ ८, २०७८
- 0
सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।
विपक्षी गठबन्धनमा सहयोग गर्ने नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, मुकुन्द्र न्यौपाने, कल्याणी खडका, लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, सरला यादव, कलिला खानसहित ११ जना नेतालाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत गम्भीरतापूर्वक समिक्षा भएको नेताहरुले बताउनुभएको छ । त्यस्तै, कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







