उपत्यकामा २३२८ सहित देशभर थपिए ८९८० संक्रमित, एकैदिन १२९ को मृत्यु हुदा ८८४८ निको

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २३१८ सहित देशभर थप ८९८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको छ ।

१९ हजार ३५७ पीसीआर परीक्षणमा ८५९१ र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जना गरी ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १८११, ललितपुरका ३३८ र भक्तपुरका १७९ जना गरी २३२८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८८४८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ८३ हजार ६८४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ६१५३ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया