उपत्यकामा २४४७ सहित देशभर थपिए ८६०७ संक्रमित, एकैदिन १७७ को मृत्यु हुदा ७८९० निको

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २४४७ सहित देशभर थप ८६०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको छ ।

२२ हजार ३५३ पीसीआर परीक्षणमा ८४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १७५२, ललितपुरका ४०० र भक्तपुरका २९५ जना गरी २४४७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७८९० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ७४ हजार ८३६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ६०२४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया