उपत्यकामा ३२३२ सहित देशभर थपिए ८३०५ संक्रमित, एकैदिन १९० को मृत्यु हुदा ६५४३ निको

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३२३२ सहित देशभर थप ८३०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ जना पुगेको छ ।

२१ हजार ६९५ पीसीआर परीक्षणमा ८२२७ र ३९२ एन्टिजेन परीक्षणमा ७८ जना गरी ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २६००, ललितपुरका ४०३ र भक्तपुरका २२९ जना गरी ३२३२ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६५४३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ६६ हजार ९४६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९० जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ५८४७ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया