गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार, पुरानै मन्त्रीलाई दोहो-याइयो

news-details

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुरानै मन्त्रीहरुलाई निरन्तरता दिँदै बुधबार मुख्यमन्त्री गुरुङले पाच मन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रीपरिषदका चार मन्त्रीलाई आज अपराह्न ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ साविककै आर्थिक मामिला तथा योजना मन्त्रीमा, रामशरण बस्नेत भौतिक पूर्वाधार मन्त्रीमा र राजीव गुरुङ युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका छन भने नरदेवी पुन र विकास लम्सालले विना विभागिय मन्त्रीकारुपमा सपथ लिएका छन । काठमाडौँ भएका कारण मन्त्री राजीव गुरुङ भने शपथमा सहभागी भएनन ।

प्रदेश प्रमुख पौडेलले गत वैशाख २९ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गर्न आह्वान गरेकी थिइन् ।

तर, प्रदेश प्रमुखले दिएको समयभित्र कसैले पनि ३१ सांसदको हस्ताक्षर बुझाउन नसकेपछि ठूलो दलको हैसियतले गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले आगामी जेठ २९ सम्म विश्वासको मत लिनुपर्छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया