सरकार गठनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक सम्पन्न

news-details

वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल भएको जनाइएको छ ।

यसैबीच बैठकमा खासै महत्वपूर्ण निर्णय नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्याकालका लागि गत वैशाख ३० गते नियुक्त गर्नुभएको थियो ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया