उपत्यकामा ३०९८ सहित देशभर थपिए ९२४७ संक्रमित, एकैदिन २१४ को मृत्यु हुदा ५७६७ निको

news-details

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३०९८ सहित देशभर थप ९२४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको छ ।

२१ हजार ६५३ पीसीआर परीक्षणमा ९१९८ र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २३४६, ललितपुरका ४५४ र भक्तपुरका २९८ जना गरी ३०९८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५७६७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ४५ हजार ५२३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ५२१५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया