स्पेनबाट स्वास्थ्य सामाग्रीसहित विमान लिएर राजदूत शेर्पा नेपाल आउँदै

news-details

कोभिड–१९ महामारीविरुद्ध स्पेनले दिने स्वास्थ्य सामाग्री लिएर स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पा काठमाडौं आउने भएकी छिन् ।

राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागिएको र त्यसअनुरुप स्पेनले चाँडै सहयोग गर्ने जानकारी दिएकी छिन् ।

राजदूत शेर्पाले ट्वीट गर्दै महामारीविरुद्ध स्पेनले सघाउन लागेको जनाएकी छिन् । राजदूत शेर्पा र स्पेनी सरकारका अधिकारीसहितको विमान नेपाललाई अत्यावश्यक मेडिकल सामाग्रीसहित बुधवार त्यहाँबाट काठमाडौंतर्फ आउन लागेको दूतावास स्रोतले जनाएको छ ।

विमान पनि स्पेन सरकारले नै चार्टर्ड गर्न लागेको हो । नेपाली दूतावासले नेपाल आएका बेला अड्किएका गैरआवासीय नेपालीको विवरण समेत संकलन गरिरहेको बताइएको छ ।

नेपाललाई मानवीय सहायता सामाग्री हस्तान्तरण गरेर विमान भोलिपल्टै फर्किनेछ । राजदूत शेर्पाले नेपाललाई सहयोगका लागि स्पेन सरकार र त्यहाँका गैरसरकारी निकायहरुसँग पनि पहल गरिररहेकी छन ।

यसअघि युरोपेली युनियनले नेपाललाई २८ करोडको स्वास्थ्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया