अग्रवाल भवनमा आइसोलेशन निर्माण, विनयमोहन क्वात्राले गरे उद्घाटन

news-details

काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा १२६ आइसोलेशन सेन्टर स्थापना गरिएको छ ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले महामारीविरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयासमा मात्रै सम्भव हुने बताएका छन् । कोभिड–१९ विरुद्धको लडाइँमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै उद्योगी राजेन्द्र खेतानले आइशोलेसन सेन्टर मार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया