तातोपानी नाकामा आइपुग्यो चीनले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर
- जेष्ठ २, २०७८
- 0
चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।
उप–प्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले चीन सरकारले उपलब्ध गराएको १८ हजार थान सिलिण्डर तातोपानी नाकामा आइपुगेको बताए ।
तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरहरूलाई काठमाडौं ल्याउने तयारी भइरहेको पाण्डेले बताए ।
नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डरहरू दिएको हो ।
नेपालमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू दिएको छ ।
अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न अक्सिजन अभाव भइरहेका बेला चीन सरकारले दिएको अक्सिजन सिलिण्डरहरूले सहयोग मिल्नेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







