अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको जहाज, स्वास्थ्य सामग्री लिन आजै बेइजिङ पनि जाने
- जेष्ठ १, २०७८
- 0
अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज बिहान साढे सात बजे ओमान उडेको छ ।
गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त गरिएको ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज ओमानको मस्कटको लागि उडेको हो ।
जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्नेछ । ओमानबाट फर्किएको जहाज आज राति नै चीनको राजधानी बेइजिङ जानेछ । र त्यहाँ संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन जहाज बेइजिङ जान लागेको हो ।
अत्यावश्यक मेडिकल सामग्री लिन केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको निगमले जनाएको छ ।
त्यसैगरी आज सात वटा अन्तर्राष्ट्रिय कार्गो उडान तथा अवतरण हुँदैछन् । नेपाल वायु सेवा निगम, हिमालय एअरलाइन्स र एअर चाइनाले उडान र अवतरण गर्दैछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







