वैकल्पिक सरकार बनाउन असफल भएको माओवादीको निष्कर्ष
विपक्षी दलहरुले राष्ट्रपतिसँग नयाँ सरकार दाबी नगर्ने
- बैशाख ३०, २०७८
- 0
नयाँ सरकार बनाउन कसरत गरिरहेको नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन असफल भएको निष्कर्ष निकालेको छ ।
जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षको असहयोगका कारण नयाँ सरकार सम्भव नभएको माओवादी केन्द्रको निष्कर्ष छ ।
बिहीबार साँझ पार्टी पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाको ठाकुर समूह र एमालेको माधव नेपाल समूह राजीनाबाट पछि हटेकाले नयाँ सरकार सम्भव नभएको बताउनुभएको थियो ।
राष्ट्रपतिले दिएको समयसीमा सकिने अन्तिम दिन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने ठहर गरेको हो ।
बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष दाहालले विपक्षी दलहरुले राष्ट्रपतिसँग नयाँ सरकार दाबी नगर्ने बताउनुभएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







