एमाले नेता एवं प्रदेश सांसद पशुपति चौंलागाईंको कोरोना संक्रमणका कारण निधन
- बैशाख २८, २०७८
- 0
कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ ।
कोरोना संक्रमणपछि मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ६१ वर्षीय चौंलागाईंको केहीबेरअघि निधन भएको हो । उनी गत प्रदेशसभा निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका चौलागाईं एमालेभित्र हठी स्वभाव सँगै निष्ठा र त्यागी नेताका रुपमा चिनिन्थे ।
अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह–इन्चार्ज, इन्चार्ज, युवा संघको अध्यक्ष हुँदै अगाडि बढेका चौलागाईं २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







