काठमाडौ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

news-details

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् ।

त्यस्तै उनले निजी अस्पाललाई पनि आफ्नो क्षमताको दुई तिहाइ शय्या कोभिड–१९ को बिरामीका लागि छुट्याउन आग्रह गरिएको उनले बताए ।

कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि यस्तो निर्णय गरेको मन्त्रालयको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया