यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने खनाल-नेपाल समूहका २८ सांसद (नामावलीसहित)
- बैशाख २७, २०७८
- 0
सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन गरेको प्रस्तावमा सत्तारुढ नेकपा एमालेकै २८ जना सांसदले विश्वासको मत दिएनन् ।
सदनमा २३२ जना सांसद उपस्थित रहेकोमा विश्वासको मतको पक्षमा ९३ र विपक्षिमा १२४ मत प्राप्त भएको थियो भने १५ जना तटस्थ रहेका थिए ।
खनाल-नेपाल समूहका २८ सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन ।
पूर्वनिर्धारित घोषणा अनुसार नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विपक्षिमा मतदान गरेका थिए भने जनता समाजवादी पार्टी (जसपा)का १५ सांसदले विश्वासको विपक्षमा, १५ सांसद तटस्थ र दुई जना सांसद अनुपस्थित रहे ।
विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।
विश्वासको मतका लागि बोलाइएको बैठकमा अनुपस्थित हुने खनाल-नेपाल पक्षका सांसदहरु यी हुन :
१. योगेश भट्टराई
२. झलनाथ खनाल (अस्पतालमा)
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं. कल्याणी खड्का
२५. निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भोट नहालेकी )
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने










