पत्रकार महासंघ इमेज प्रतिष्ठानले बाड्यो सुरक्षा सामाग्री
- बैशाख २६, २०७८
- 0
नेपाल लोकतान्त्रिक शेर्पा संघका केन्द्रीय सचिव सञ्जय शेर्पा, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका केन्द्रीय अध्यक्ष कुमार अधिकारी, युवा समाजसेवी राम जोशी र हेराकाजी डंगोलले नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठानलाई सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ ।
आज नेपाल पत्रकार महासंघले इमेज प्रतिष्ठानमा भएको कार्यक्रममा युवा व्यवसायीहरुले मास्क, सेनिटाईजरलगायतका सुरक्षासामाग्री प्रतिष्ठानका अध्यक्ष शंकर खनाललाई हस्तान्तरण गर्नुभयो ।
कोरोना महामारीमा जोखिम मोेलेर समाचार संकलनमा खटीने पत्रकारकालागि सेनीटाईजर, सर्जिकल मास्कलगायतका सुरक्षा सामाग्री प्रदान गर्नुभयो ।
कार्यक्रममा युवा समाजसेवी शेर्पाले जटील परिस्थितिमा पत्रकारले मानिसहरुलाई सहि सूचना दिएर सु–सुचित गरेको भन्दै बाहै्र घण्टा फिल्डमा खटीने पत्रकारको स्वास्थ्य सुरक्षाकोलागि सामाग्री हस्तान्तरण गरेको बताउनुभयो ।
शेर्पाले कोरोना माहामारीको समयमा बिभिन्न खालका जनचेतनामुलक कार्यक्रम गर्दे आउनु भएको छ । त्यसैगरी हेन्ड्सफर नेपालका अध्यक्षसमेत रहेका कुमार अधिकारीले भने कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा पत्रकारको सुरक्षा अवस्थापनि जटीलबन्दै गएकाले आगामी दिनमासमेत पत्रकारलाई सहयोग गर्ने बचन दिनुभयो ।
युवा समाजसेवी रामजोशीली कोरोना महामारीमा फ्रन्टलाईनमा काम गर्ने पत्रकारको सुरक्षा आवश्यक रहेको भन्दै सहयोग गरेको बताउनुभयो । उहाँले एक बर्ष अगाडिको कोरोना महामारीमासमेत सहयोग गर्दे आउनुभएको थियो।
शेर्पा प्रोफेशनल मेनपावर सर्भिसका मेनेजिङ डाईरेक्टर, बेस्ट क्वालीटि गार्ड्स सर्भिस र हिमाली हिल कृषि फर्मका अध्यक्ष तथा नेपाली कांग्रेस संखुवासभाका आमन्त्रित सदस्यसमेत रहेकाछन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शंकर खनालले चौबिसै घण्टा सूचना प्रवाहकोलागि फिल्डमा खटीने पत्रकार असुरक्षित रहेको भन्दै शेर्पाले गरेको सहयोग प्रशंसनिय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत यस्ते रचनात्मक र सहयोगि कामहरुमा प्रतिष्ठान लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सुरक्षा समाग्री इमेज प्रतिष्ठानका एकसय बढी सञ्चारकर्मी र कर्मचारीलाई बितरण गरीएको थियो ।












