गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, नयाँ सरकार गठनका लागि आहवान
- बैशाख २६, २०७८
- 0
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो ।
गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो ।
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्नुभएको छ । उहाँले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यसञ्चालन गर्न भन्नुभएको छ ।
प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सरकार गठनका लागि आहवान गर्नुभएको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








